aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

एमालेका फरार सांसद महत्तो पनि समितिमा सिफारिस, के अब पक्राउ पर्छन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ बैशाख २०८०
एमालेका फरार सांसद महत्तो पनि समितिमा सिफारिस, के अब पक्राउ पर्छन् ?

काठमाडौं । नेकपा (एमाले)का फरार सांसद लक्ष्मी महत्तो कोइरी संसदीय समितिमा सिफारिस भएका छन् । एमालेले उनलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस गरेको हो । 

मधेस आन्दोलन(२ को क्रममा महोत्तरीमा कार्यरत असई थमन बिकको हत्यामा संलग्न भएको अभियोग उनीमाथि छ । अदालतबाट दोषी ठहर भएका उनी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयन दर्ता गर्ने समयमा एमाले प्रवेश गरेका थिए । 

एमालेबाट उनी संसदमा विजयी भएपछि प्रतिनिधिसभाको बैठकमा पटक–पटक उनलाई पक्राउ गर्न दबाब पर्ने गरेको थियो । त्यसयता उनी संसदको बैठकमा समेत भाग लिन गएका छैनन् । 

उनले संसद सचिवालयमा पत्र लेखेर स्वास्थ्यका कारण देखाउँदै बैठकमा उपस्थित हुन नसकेको जनाउँदै आएका छन् । बिना सुचना १० पटकसम्म लगातार बैठकमा अनुपस्थित भएमा स्वतः सांसद पद खारेज हुने भए पछि कोइरीले पत्र लेखेर उपस्थित हुन नसकेको जनाएका हुन् ।

एमालेले संघीय संसद सचिवालयमा बुझाएको विवरण अनुसार सांसद कोइरी उद्योग समितिमा सिफारिस भएका हुन । सो सिफारिस अनुसार प्रतिनिधिसभा बैठकले अब उनको नाम अनुमोदन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस