aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

‘को बन्छ करोडपति’ विजेता राजीवले पाए १ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ भदौ २०७६
‘को बन्छ करोडपति’ विजेता राजीवले पाए १ करोड

काठमाडौं । एपीवान टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो ‘को बन्छ करोडपति’ का विजेता राजीव जैनलाई १ करोड हस्तान्तरण गरिएको छ । बिहीबार जैनलाई एक ‌औपचारिक कार्यक्रमको आयोजना गर्दै चेक हस्तान्तरण गरेकाे हाे ।

जैनलाई एसआरवीएन मिडियाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विपिनकुमार आचार्य, अभिनेता राजेश हमाल, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ, क्रियटिभ निर्देशक सुरक्षा अधिकारी लगायतले विजेता जैनलाई चेक हस्तान्तरण गरेका हुन् ।

‘को बन्छ करोडपति’ को पहिलो संस्करण विजेता जैनले आफूले पाएकोमध्ये केही रकम समाजसेवामा खर्चिने बताए । उनले रियालिटी शो का क्रममा आफूले पाएको रकमले विश्व भ्रमण गर्ने बताएका थिए । अब भने नेपालका कैयन् ठाउँमा पनि घुम्न बाँकी रहेकाले नेपालमा विभिन्न ठाउँ घुम्ने बताए ।

चेक हस्तान्तरणपछि एसआरबीएन मिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विपीन कुमार आचार्यले पहिलो संस्करणको सफलताले दोस्रो संस्करण छिट्टै ल्याउने बताए ।

यस्तै अभिनेता राजेश हमालले पहिलो सिजन आफुहरुको अपेक्षा भन्दा धेरै सफल भएको भन्दै खुशी व्यक्त गरे । साथै उनले दोस्रो संस्करणको तयारी थाल्न पनि केबीसी टिमलाई आग्रह गरे । कार्यक्रममा क्रियटिभ प्रमुख सुरक्षा अधिकारी, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ लगायतले बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहोस