aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

डा स्वर्णिम वाग्लेको पहिलो संसदमा सम्बोधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ बैशाख २०८०
डा स्वर्णिम वाग्लेको पहिलो संसदमा सम्बोधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा स्वर्णिम वाग्लेको पहिलो संसदको सम्बोधनमा आफूले निर्वाचन जितेको क्षेत्रका समस्या राखेका छन् । शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद वाग्लेले पृथ्वी राजमार्ग घुलाम्मे रहेको पनि बताए। उनले भने, ‘पृथ्वीराजमार्गको तनहुँ हुँदै पोखरा पुगिन्छ र उक्त सडक विस्तार आवश्यक भए पनि छ । तर, यसले सर्वसाधारण जनताको दैनिकीमा असुविधा ल्याएको बताएका छन्। 

‘जनस्वास्थ्यका दृष्टिले घुलाम्मे सडक र राइट अफ वे स्थापित गर्दा घाँसीकुवालगायत ऐतिहासित तथा पुरात्तात्विक महत्वका संरचनाहरूको उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । सांसद डा वाग्लेले आज मात्र सांसदको शपथ लिएका थिए। उनले वैशाख १० को उपनिर्वाचनमा भारी मत र मतान्तरसहित विजयी गराएकोमा तनहुँ क्षेत्र नम्बर १ का मतदातालाई धन्यवाद दिँदै आफ्नो भनाइ राखेका थिए । 

प्रतिक्रिया दिनुहोस