aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

डा. चन्द्र भण्डारी उपचारपछि आइतबार नेपाल फर्कने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ बैशाख २०८०
डा. चन्द्र भण्डारी उपचारपछि आइतबार नेपाल फर्कने

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् सांसद डा. चन्द्र भण्डारी भारतको नेशनल बर्न सेन्टर अस्पतालमा स्वास्थ उपचार पछि स्वदेश फिर्ता हुँदैछन । नेपाली काँग्रेसका नेता एवम् सांसद डा. चन्द्र भण्डारी भारतको नेशनल बर्न सेन्टर अस्पतालमा स्वास्थ्योपचार गरी वैशाख १७ गते आईतवार स्वदेश फर्केने भएका छन् ।

 नेपाल वायुसेवा निगमको विमानबाट  आइतवार  दिउसो २ः ५५ बजेको उडानमा  नेपाल फर्कने जानकारी उनको स्वकीय सचिव बोधराज कँडेलले जानकारी गराएका छन । करिब साढे दुई महिनाको उपचारपछि स्वास्थ्यमा सुधार आएपछि नेपाल फकैन लागेका हुन । गत फागुन ३ गते काठमाडौंको आफ्नै निवासमा आगलागीको दुर्घटनामा परी सांसद डा. भण्डारीसहित उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए।घटना लगत्तै दुवैजनाको किर्तिपुरस्थित किर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । 

आमा हरिकलाको भने उपचारका क्रममा निधन भएको थियो।  उहाको अबस्था गम्भिर भएको हुनाले नेपालमा यथोचित उपचार सम्भव नभएपछि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइमा थप उपचारका लागि लगिएको थियो। भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस