
काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन आज रातिदेखि अन्त्य भएको छ । आज मन्त्रिपरिषद्बाट भएको सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले आज राति १२ बजेदेखि संघीय संसदको अधिवेशन अन्त्य गरेका हुन् ।
मन्त्रिपरिषद्को बैठकले संघीय संसदका दुबै सदनको हिउँदे अधिवेशन खन्त्य गर्न कार्यवाहक राष्ट्रपति यादव समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यससँगै प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको छ ।
कार्यवाहक राष्ट्रपति यादवले जारी गरेको सूचनामा नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८० बैशाख १२ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल वैशाख १५ गते शुक्रबार राती १२ बजेदेखि अन्त्य गरेको उल्लेख छ ।
राष्ट्रिय सभामा १३ औं अधिवेशन अन्तर्गत यो हिउँदे अधिवेशनमा १९ बैठक बसेको छ भने प्रतिनिधि सभामा २८ बैठक बसेको छ । जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था अनुसार त्यसअघि बजेट तयारीबारे संसदमा छलफल हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस