aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

रवि लामिछानेलाई रोजेको मन्त्रालय दिन माओवादीका मन्त्रीले त्याग गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ बैशाख २०८०
रवि लामिछानेलाई रोजेको मन्त्रालय दिन माओवादीका मन्त्रीले त्याग गर्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेलाई उनले रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् । होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री किरातीले  यस्तो बताएका हुन् ।

रस्वपा सभापति लामिछानेलाई रोजेको मन्त्रालय दिनका लागि आफूले त्यग्नु पर्ने भए त्यसको लागि पनि तयार रहेको मन्त्री किरातीले बताए । होटल पौवामा आयोजित होटल शेवा व्यवस्थापन सम्बन्धी तालिम उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री किरातीले भने, ‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन् । यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनुपर्छ। त्यसको लागि मैले के त्याग गर्नुपर्छ तयार छु ।’

हजारौं जनताको बलिदानी बाट प्राप्त यो व्यवस्थाले अझै जरा गाड्न नसकेको उनको भनाई थियो ।

‘देशको अर्थतन्त्र जरजर अवस्थामा छ यसको सङ्कट मोचनका लागि अब राष्ट्रिय सहमतिको सरकार गठन गरौँ,’ मन्त्री किरातीले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको जुन अभिमत पायो । यो जनताको आक्रोस हो। मुख्यतः जिम्मेवार ठूला दलहरुको अकर्मण्यताको पराकाष्ठ हो ।’

साथै, उनले राजनीतिमा धेरै विभाजन आएको भन्दै देशलाई संकटबाट मुक्त गर्नका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्न समेत आह्वान गरे । 

प्रतिक्रिया दिनुहोस