aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बीबीसीका अध्यक्षले पूर्व प्रधानमन्त्रीसँगको लेनदेन मुद्दाका कारण राजीनामा दिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ बैशाख २०८०
बीबीसीका अध्यक्षले पूर्व प्रधानमन्त्रीसँगको लेनदेन मुद्दाका कारण राजीनामा दिए

एजेन्सी । बेलायतको नेशनल ब्रोडकास्टर, ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी)का अध्यक्ष रिचर्ड सार्पले राजीनामा दिएका छन् । तत्कालीन बेलायती प्रधानमन्त्री बोरिस जोनसनले २०२० मा प्राप्त ऋणसँग सम्बन्धित मुद्दाका कारण उनले राजीनामा दिएका हुन् । बेलायतको सन्डे टाइम्सले यसबारेमा एक रिपोर्ट प्रकाशित गरेपछि शार्पमाथि राजीनामाको दबाब बढ्न थाल्यो ।

प्रतिवेदनमा जोनसनले शार्पलाई अध्यक्ष पदका लागि सिफारिस गरेको आरोप लगाएको थियो । सिफारिस गर्नुअघि, शार्पले बोरिस जोन्सनलाई ८,००,००० पाउण्ड वा करिब ८.१५ करोड रुपैयाँ ऋणको ग्यारेन्टी मिलाउन मद्दत गरेको थियो।

शुक्रबार आधिकारिक प्रतिवेदनपछि शार्पले राजीनामा दिएका हुन् । उनले सार्वजनिक नियुक्तिको नियम उल्लंघन गरेको आधिकारिक प्रतिवेदनमा उल्लेख छ । अनुसन्धानले पत्ता लगायो कि शार्पले जागिरको अन्तर्वार्तामा जोनसन लोनमा आफ्नो भूमिका उल्लेख गरेनन्।

उनी असारसम्म अन्तरिम अध्यक्ष रहनेछन् । शार्पको राजीनामापछि बीबीसी बोर्डले भन्यो, हामी रिचर्डको निर्णय स्वीकार गर्छौं। शार्प बैंकर र रोयल एकेडेमी अफ आर्ट्सका पूर्व अध्यक्ष पनि भइसकेका छन्। उनी जनवरी २०२१ मा बीबीसी अध्यक्षको रूपमा नियुक्त भएका थिए।

बीबीसीको शाही चार्टरका अनुसार बीबीसी अध्यक्षलाई बेलायती राजाले प्रधानमन्त्री र डिजिटल, संस्कृति, मिडिया र खेलकुदको लागि राज्य सचिवको सिफारिसमा नियुक्त गरेका छन्। 

सन्डे टाइम्सको रिपोर्टपछि बीबीसीका कर्मचारीहरूलाई सम्बोधन गरिएको मेमोमा शार्पले भनेस् 'म ऋण वा ग्यारेन्टी मिलाउनमा संलग्न थिएन र मैले कुनै वित्तिय व्यवस्था पनि गरेको छैन। मैले प्रधानमन्त्रीका भाइ साम ब्लिथलाई मात्रै क्याबिनेट सचिवसँग परिचय गराए। योग्यताका आधारमा नियुक्ति भएको हो भन्ने मेरो दृढ विश्वास छ ।'

ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन युनाइटेड किंगडमको राष्ट्रिय प्रसारणकर्ता हो। यो संसारको सबैभन्दा पुरानो र ठूलो मिडिया हाउसहरू मध्ये एक हो। यसका विश्वभर करिब ३५ हजार कर्मचारी छन्। यसले ४० भाषाहरूमा समाचार प्रसारण गर्दछ।

बीबीसी एक निजी कम्पनीको रूपमा १८ अक्टोबर १९२२ मा सुरु भयो। सन् १९२६ मा यसलाई युनाइटेड किंगडमले सरकारी संस्था बनाएको थियो। त्यसबेलादेखि, बीबीसी शाही चार्टर अन्तर्गत काम गर्दछ। यद्यपि यो यसको कभरेजको लागि पूर्ण रूपमा स्वतन्त्र छ।

प्रतिक्रिया दिनुहोस