aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अर्यालले संसदीय दलको पदबाट राजिनामा दिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ बैशाख २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अर्यालले संसदीय दलको पदबाट राजिनामा दिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता डोलप्रसाद अर्याल (डिपी)ले  संसदीय दलको नेताको पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको संसदीय दलको भर्चुअल बैठकमा अर्यालले राजीनामा बुझाएको  रास्वपाले जनाएको छ  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुन संसदमा चुनाव जितेर आएपछि   अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका छन् ।

 सो बैठकले पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता चयन गर्दैछ । वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस