aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

यो काम गर्ने समय हो, विदेश भ्रमणको होइन: मन्त्री किराँती

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ बैशाख २०८०
यो काम गर्ने समय हो, विदेश भ्रमणको होइन: मन्त्री किराँती

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले यो समय विदेश भ्रमण गर्ने नभएर काम गर्ने रहेको बताएका छन् । मन्त्री किरातीले आइबार सामाजिक सञ्जाल मार्फत यस्तो जनाएका हुन् । 

दुई देशबिचको औपचारिक बाहेक विदेश भ्रमण नगर्ने जानकारी दिँदै उनले भनेका छन्, ‘विदेश घुमाउने र निम्तो दिने सिलसिलाले २५ प्रतिशत समय खर्च भइरहेको छ । यो काम गर्ने समय हो, भ्रमण गर्ने होइन । मनमा प्रश्न उठ्छ भ्रमण कसले गरेन ? कहाँ गरेन ? अनि भयो चाहिँ के ?’ 

 

प्रतिक्रिया दिनुहोस