
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा महावीर पुनको माग सोमबारसम्ममा पुरा गर्ने सरकारले आस्वासन दिएको छ । डा पुनले आर्थिकन्युज डटकमसँग कुरा गर्दैै भने, सरकारले आज बेलुकासम्ममा बोलाउने खबर आएको छ । हेरौं सिंहदरबारमा आज बेलुका वार्ता भयो भने कुरा मिल्ला ।’ उनका अनुसार आज बेलुका पाँच बजे प्रधानमन्त्री कार्यालयमा दुवै तर्फका वार्ता समिति बनाएर वार्ता गरेर निष्कर्षमा पुग्ने छ ।
डा पुनले भने, ‘अहिले हामीले आज बेलुका पाँच बजेभित्रमा दुबै पक्षको एउटा टोली गठन गरेर सकेसम्म आज रातारात गर्ने नभए भोलिसम्ममा यो समस्या समाधान गर्ने भनेर निर्णय भएको छ ।’
प्रतिक्रिया दिनुहोस