aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

वर्ल्डलिंक र पब्जी मोबाइलबीच सम्झौता, गेम खेल्न तीव्र गतिको इन्टरनेट दिने घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ बैशाख २०८०
वर्ल्डलिंक र पब्जी मोबाइलबीच सम्झौता, गेम खेल्न तीव्र गतिको इन्टरनेट दिने घोषणा

काठमाडौं । मोबाइल गेम ‘पब्जी मोबाइल’ एवं नेपालको उत्कृष्ट आईएसपी, वर्ल्डलिंकबीच एक सम्झौता भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै सम्झौता भएको हो । 

नेपालमा मोबाइल गेमिङको व्यापक आकर्षण बढ्दै गइरहेको अवस्थामा ‘पब्जी मोबाइल’का नेपालभर ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमरहरू रहेका छन् । मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा गेमिङ समुदायको आवश्यकताहरूलाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोशलाई अझै सशक्त रूपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक रहेको जनाईएको छ । 

वर्ल्डलिंक र पब्जी मोबाइलले यो साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभुतपुर्व कदमको रूपमा लिएको छ । वर्ल्डलिंकका सिईओ केशव नेपालले भने, ‘थुप्रै विशेषता एवं सुविधाहरूको साथ नेपाली मोबाइल गेमरहरूले पूर्ण रूपमा नयाँ तहको उत्साह एवं गेमिङको अनुभव प्राप्त गर्न सक्नेछन्  । जसले गेमिङ प्रतिको दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ । यो वृहत् भविष्यतर्फको पहिलो कदम हो जसले मोबाइल गेमका लागि नयाँ अवसरहरू प्रदान गर्ने छ ।’  

मोबाइल गेमिङको इकोसिस्टम परिवर्तन ल्याइ नयाँ ब्रान्डका रूपमा नेपाल हाम्रा लागि प्रमुख क्षेत्र बनेको छ । यो खेलको लोकप्रियता मात्र होइन, यस खेतका प्रतिभाहरुले ग्लोबल एस्पोर्ट्स इभेन्टहरूमा प्रतिस्पर्धा समेत गर्दै आएका छन् ।  

साझेदारीले नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधाहरू एवं विशेषताहरू प्रदान गर्ने छ । नेपालको गेमिङ समुदायका लागि थप रोमाञ्चक अनुभवहरू प्राप्त हुने अपेक्षा समेत गर्न सकिने जनाईएको छ ।  
 

प्रतिक्रिया दिनुहोस