aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अन्तर्राष्ट्रिय विमानस्थलमा ११ वर्षपछि ‘ड्युटी फ्री शप’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० भदौ २०७६
अन्तर्राष्ट्रिय विमानस्थलमा ११ वर्षपछि ‘ड्युटी फ्री शप’

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ११ वर्षपछि डयुटी फ्री शप पुनः सञ्चालन गरिने भएको छ । पर्यटन मन्त्री योगेश भट्टराईले यसका निम्ति विक्री गरिने सामानहरूको सूची सहितको योजना पेश गर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएका छन् ।

२०६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री भएको समयदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ड्यूटी फ्री शप बन्द छ । विदेशी तथा नेपाली यात्रुहरूले अन्तरराष्ट्रिय टर्मिनलमा ड्युटी क्री शप हुनुपर्ने सुझाव दिएको आधारमा मन्त्रालयले यो तयारी अगाडि बढाएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले जानकारी दिए। 'विगत ११ वर्षदेखि डचुटी फ्री शप बन्द छ ।

यो खुल्नुपर्छ भन्ने विभिन्न क्षेत्रको माग अनुसार पर्यटन मन्त्रीबाट निर्देशन आएको छ । सरकारले निर्णय गरेको आधारमा विमानस्थल कार्यालयले थप काम अगाडि बढाउनेछ,' उनले भने । विमानस्थलको समग्र सुधारको कार्ययोजना अनुसार मन्त्री भट्टराईले अन्य निर्देशन समेत दिएका छन् । केही दिन अघि मन्त्रीले सार्वजनिक गरेको मन्त्रालयका प्राथमिकता प्राप्त १४१ बुदे कार्ययोजनामा विमानस्थल सुधार समेत प्राथमिकताको विषय थियो। यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस