aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अमेरिकाको ग्रिन कार्डको सिमा हटाउन माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ बैशाख २०८०
अमेरिकाको ग्रिन कार्डको सिमा हटाउन माग

एजेन्सी । सिलिकन भ्यालीका प्रख्यात भारतीय–अमेरिकी समुदायका नेता तथा उद्यमी अजय जैन भुटोरियाले अमेरिकी सांसदहरूलाई ग्रिनकार्डमा रहेको सात प्रतिशत देश–आधारित क्याप हटाउन आग्रह गरेका छन्। अमेरिकामा आप्रवासीहरूलाई ग्रीन कार्ड वा स्थायी निवास स्थिति जारी गरिन्छ। ग्रीन कार्ड भएको व्यक्ति स्थायी रूपमा अमेरिका बस्न सक्छन।

बुधबार आयोजित अमेरिका–भारत शिखर सम्मेलनमा बोल्दै भुटोरियाले एच–१ भिसामा क्याप छैन भने ग्रीनकार्डको लागि किन ? भुटोरियाले यहाँ आयोजित शिखर सम्मेलनमा भने, ‘हाम्रा कम्पनी, व्यवसाय र अर्थतन्त्रलाई समर्थन गर्न एच १ भिसा दिने देशको सीमा छैन भने ग्रिन कार्डमा क्याप आवश्यक छ,  भुटोरियाले भने।

ग्रीन कार्ड अनुसार देशको संख्याको सीमा छ। अध्यागमन कानून अन्तर्गत हरेक वर्ष करिब १ लाख ४० हजार रोजगारीमा आधारित ग्रीन कार्ड जारी गर्न सकिन्छ। तर, यी ग्रीनकार्डमध्ये ७ प्रतिशत मात्रै कुनै एक देशका जनतालाई दिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस