aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

१० दिनमा तीन हजारले घट्यो सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० भदौ २०७६
१० दिनमा तीन हजारले घट्यो सुनको मूल्य

काठमाडौं । डेढ महिनाअघिदेखि लगातार उकालो लागेको सुनको मूल्य पछिल्लो सातादेखि क्रमिक रुपमा घट्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो । १० साउनदेखि सुनको मूल्य लगातारा उकालो लाग्दै आएको थियो।

झन्डै डेढ महिना उकालो लागेको सुनको मूल्य पछिल्लो एक सातादेखि घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। १० दिनको अवधिमा सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घटेको महासंघले जनाएको छ । यो समाचार अजाको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस