
काठमाडौं । साइकल यात्री पुष्कर शाहले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वसुन्धराभित्र साइकल लिएर जान नपाएको गुनासो गरेका छन् । रास्वपा पार्टी कार्यालय वसुन्धरा पुगेका शाहलाई साइकल लिएर छिर्न अनुमति छैन भन्दै रोकिएको हो ।
उनले सोमबार सामाजिक सञ्जालमा एक स्ट्याटस राख्दै आफूलाई पालेले साइकल भित्र लैजान मिल्दैन भन्दै फर्काइदिएको बताएका जनाएका छन् । घण्टी घरको कथा भन्दै जहाँ उनले लेखेका छन्, ‘माननीय डिपि अर्याल: राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षले चिया गफको लागि बिहान निम्ता दिनुभएको थियो ।अध्यक्ष ज्युलाई नि भेट्नु प¥यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घण्टी घर बसुन्धारा पुगेँ । पालेज्युले साइकललाई घण्टी घर भित्र प्रवेश छैन भन्नु भो । ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ । भित्र मोटर साइकल चैँ छिर्न दिइएको रैछ । मैले त्यो बारे प्रश्न गरेँ । पालेले गाडी र मोटर साइकल त पाउँछ भने । पालेज्यूको आदेश मानेर म बाहिर निस्केँ ।’
बाहिर निस्किएर उनले माननीय डिपि अर्याललाई फोन गरेको तर फोन नउठेको बताएका छन् । त्यसपछि उनी थोत्रो कोट भिजाउँदै घर फर्केको गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस