aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

फेरि अमेरिकामा टाट पल्टियो अर्को बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ बैशाख २०८०
फेरि अमेरिकामा टाट पल्टियो अर्को बैंक

एजेन्सी । फर्स्ट रिपब्लिक बैंक अफ क्यालिफोर्निया टाटा पल्टिएको घोषणा भएको छ । अमेरिकी वित्तीय अधिकारीहरूले फर्स्ट रिपब्लिक बैंक अफ क्यालिफोर्निया अधिग्रहण गरेको छ। बैंकिङ कारोबारमा असफलता देखिएपछि बैंकमाथि यस्तो कारबाही गरिएको हो ।

JPMorgan Chase Bank ले यो बैंक प्राप्त गर्नेछ। फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले एक विज्ञप्तिमा भनिएको छ,‘निक्षेपकर्ताहरूको पैसा सुरक्षित गर्न,जेपी मोर्गन चेज बैंक, नेशनल एसोसिएसन, कोलम्बस, ओहायोसँग खरिद सम्झौता गरेको छ। अब फर्स्ट रिपब्लिक बैंकको निक्षेप र सम्पूर्ण सम्पत्ति उनीहरूलाई हस्तान्तरण गरिनेछ।'

क्यालिफोर्नियाको वित्तीय संरक्षण र नवाचार विभागले जेपी मोर्गनले अब बीमा नगरिएको र पर्याप्त सम्पत्ति भएका सबै निक्षेपहरू प्राप्त गर्ने बताएको छ। फर्स्ट रिपब्लिकले प्रभावकारी उद्धार योजना डेलिभर गर्न सकेन ।  गत हप्ताको बैंकले पहिलो त्रैमासिकमा १०० बिलियन डलर निक्षेप गुमायो । जसले बैंकको शेयरहरू बजो घट्यो।

 यसपछि अमेरिकी ट्रेजरी डिपार्टमेन्टले फर्स्ट रिपब्लिक बैंकको सम्पत्तिमा उनीहरूको चासो बुझ्न गत हप्ता ६ वटा बैंकसँग सम्पर्क गरेको थियो । फर्स्ट रिपब्लिक बैंक अमेरिकी इतिहासमा २ सय ३३ अर्ब डलरको सम्पत्ति भएको दोस्रो ठूलो बैंक हो र यो बन्द भयो। यसअघि सन् २००८ मा लेहमन ब्रदर्स बैंक बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस