एजेन्सी । भारतको चेन्नई एयरपोर्टका सुरक्षा अधिकारीहरूले मलेसियाबाट आएकी एक महिलाबाट विभिन्न प्रजातिका कम्तीमा २२ वटा सर्प बरामद गरेका छन् । अधिकारीहरूले महिलाको झोलामा लुकाइएका धेरै कन्टेनरहरूबाट सर्पहरू बरामद गरेको भारतीय सरकारी अधिकारीहरुले बताएका छन्। मलेसियाको क्वालालम्पुरबाट आएकी ती महिलालाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस