काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट संसदीय दलको नेतामा पुन सभापति रवि लामिछानेलाई बनाउने निर्णय गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले सभापति रविलाई दलको नेता बनाउने निर्णय गरेको रास्वपाले जनाएको छ ।
यसअघि नागरिकता विवादमा दोषी ठहर भएपछि लामिछानेको संसद् पद गुमेको थियो । उक्त अवधिका लागि उपाध्यक्ष डोलप्रसाद अर्याल (डीपी) लाई संसदीय दलको नेताका रुपमा रास्वपाले चयन गरेको थियो । आइतबार अर्यालले उक्त पदबाट राजीनामा दिएको पत्र रास्वपा पार्टी कार्यालयमा बुझाएका थिए । केन्द्रीय समितको उक्त निर्णयलाई संसदीय दलको बैठकले अनुमोदन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस