कैलाली । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका २ बैयावेहडी बस्ने ३२ वर्षीय भुपेन्द्र चौधरीको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत १२ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार २ सय रूपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस