aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

आईएमएफले नेपाललाई ५ करोड २८ लाख अमेरिकी डलर दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ बैशाख २०८०
आईएमएफले नेपाललाई ५ करोड २८ लाख अमेरिकी डलर दिने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको ५ करोड २८ लाख अमेरिकी डलर दिने निर्णय गरेको छ ।सोमबार अमेरिकाको वासिङ्टन डिसीमा बसेको आईएमएफ बोर्ड बैठकले नेपालले विस्तारित कर्जा सुविधा लिँदा गरेका प्रतिबद्धताको समीक्षा गर्दै ईसीएफको दोस्रो किस्ता निकासा गर्ने निर्णय गरेको हो ।

अर्थ मन्त्री डा प्रकाश शरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत वर्ष विस्तारित कर्जा सुविधा लिँदा गरेका प्रतिबद्धता अनुसार नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेपछि आईएमएफले ईसिएफको दोस्रो किस्ता बापतको रकम निकासा गर्ने निर्णय गरेको जनाएको छ ।

आईएमएफले २०७८ पुस २८ गते नेपाललाई ३८ महिनाभित्र विस्तारित कर्जा सुविधा अन्तर्गत ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस