
एजेन्सी । नगद अभाव भएको कारण भारतीय एयरलाइन्स गो फस्ट टाट पल्टिने अवस्थामा पुगेको छ । यसले आगामी २ दिन अर्थात् मे ३ र ४ तारिखका लागि बुकिङहरू रोकेको छ । तेल कम्पनीहरूको बक्यौता तिर्न नसकेपछि एयरलाइन्सले यस्तो निर्णय गरेको हो ।
गो फस्टले नगद र क्यारी मोडमा आफ्नो उडानहरू सञ्चालन गर्दछ। अर्थात्,एयरलाइन्सले हरेक दिन उडान गर्ने उडान सङ्ख्या अनुसार इन्धनको पैसा तिर्नुपर्छ।
एयरलाइन्सले नेशनल कम्पनी ल ट्रिब्युनल दिल्लीमा स्वैच्छिक रुपमा टाट पल्टिएको घोषणा गर्न सो प्रक्रियाको लागि आवेदन पनि दायर गरेको छ। एयरलाइन्सका प्रमुख कौशिक खोनाले इन्जिन नपुगेकाले र पैसाको अभावका कारण उडान भरेका २८ वटा जहाज ग्राउन्ड गरेको बताए ।
"दिवालिया रिजोलुसन कारबाहीको लागि जानु दुर्भाग्यपूर्ण निर्णय हो । तर कम्पनीको हितको रक्षा गर्न आवश्यक छ," उनले थपे। एयरलाइन्सले सरकारलाई भएको घटना र स्थितिको बारेमा जानकारी गराएको छ र नागरिक उड्डयन महानिर्देशनालयलाई विस्तृत रिपोर्ट पनि पेश गर्नेछ।
इन्जिन आपूर्तिमा समस्या आएपछि एयरलाइन्स यो स्थितिमा पुगेको हो । एयरक्राफ्ट इन्जिन निर्माता प्रैट एन्ड ह्विटनीले गो फस्टलाई इन्जिन आपूर्ति गर्ने भनिएको थियो तर समयमै डेलिभरी गरेन।
नतिजा स्वरूप, गो फस्टले आफ्नो ६१ वटा विमान मध्ये आधा भन्दा बढी ग्राउन्ड गर्नुपर्यो। उडान नहुँदा उसलाई नगदको समस्या थियो र दैनिक सञ्चालनका लागि पैसा पनि बाँकी थिएन ।
गो फर्स्टको बजार हिस्सा जनवरीमा ८.४ प्रतिशतबाट मार्चमा ६.९ प्रतिशतमा झरेको छ । यसबारे एयरलाइन्सले अमेरिकाको डेलावेयर अदालतमा निवेदन पनि दिएको छ । एयरलाइन्सले छिट्टै इन्जिन नआएमा दिवालिया हुने दाबी गरेको छ ।
गो फर्स्ट वाडिया समूहको बजेट एयरलाइन्स हो। कम्पनीको वेबसाइट अनुसार गो फस्ट २९ अप्रिल २००४ मा सुरु भएको थियो। नोभेम्बर २००५ मा मुम्बई देखि अहमदाबादसम्म पहिलो उडान सञ्चालन गरेको थियो । एयरलाइन्सको फ्लीटमा ५९ वटा विमान रहेका छन् ।
प्रतिक्रिया दिनुहोस