aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

एमाले सांसद कोइरीको पद गयो, अदालतबाट पक्राउ पुर्जी जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ बैशाख २०८०
एमाले सांसद कोइरीको पद गयो, अदालतबाट पक्राउ पुर्जी जारी

काठमाडौं । नेकपा एमालेका लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बनमा परेको छ । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम कोइरीको सांसद पद निलम्बन गरेका हुन् । 

सभामुख घिमिरेको निर्देशनअनुसार संघीय संसद् सचिवालयले मंगलबार सूचना टाँसेर कोइरीको सांसद पद निलम्बनमा परेको जानकारी दिएको हो  । कोइरीविरुद्ध फौजदारी अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएको छ र प्रहरीको फरार सूचीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस