
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । रास्वपा पनि सरकारमा सहभागि हुने चर्चा चलिरहेका बेला दुई पार्टी सभापतिबीच भेटवार्ता भएको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार भेटेका लामिछानेले मंगलबार साँझ कांग्रेस सभापति देउवासँग भेटेर सरकारमा सहभागिताका लागि आफ्ना केही सर्तहरु भएको बताएका छन् ।
लामिछानेले देउवासँग आफ्नो पार्टीले विगतमा लिएका मन्त्रालयहरु पाउनुपर्ने, आफ्नो पार्टीको तर्फबाट नेतृत्व गरिएका मन्त्रालयको काममा हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाउनुपर्ने, संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम पुनर्लेखन गर्नुपर्ने र सरकारको निरन्तरताको सुनिश्चितता हुनुपर्ने सर्त राखेका छन् ।
प्रतिक्रिया दिनुहोस