aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

ज्ञानेन्द्रबहादुर शाहीलाई जिल्ला प्रवेशमा रोक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० भदौ २०७६
ज्ञानेन्द्रबहादुर शाहीलाई जिल्ला प्रवेशमा रोक

कास्की । पर्यटनमन्त्री योगेश भट्टराईलाई बुद्ध एयरको उडानमा अभद्र व्यवहार गरेकोले ज्ञानेन्द्रबहादुर शाहीलाई जिल्ला प्रवेशमा रोक लगाउने  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कास्की जिल्ला राष्ट्रिय युवा संघले गरेको छ । 

पूर्व वाइसिएल तथा युवा संघका अध्यक्षद्वयले संयुक्त विज्ञप्ति जारी गर्दै शाहीलाई कास्की प्रवेशमा निषेध गरिएको बताएका छन् ।

पर्यटनमन्त्री योगेश भट्टराईका कारण शनिबार नेपालगञ्जबाट काठमाडौं आउने बुद्ध एयरको उडान ढिला भएपछि उनीविरुद्ध नारा लगाउने काम भएको थियो ।

आइतबार ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा अनेरास्ववियुका विद्यार्थीहरुले हस्तक्षेप गरेको आरोप लागेको थियो । 

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्री भट्टराईको आलोचना भएको थियो आइतबार सुरक्षाको कारण देखाउँदै शाहीलाई प्रहरी नियन्त्रणमा लिएको थियो ।

प्रहरीले बेलुका उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्दै उनलाई पुनः नियन्त्रणमा लिएको थियो । तर, सोमबार बिहान उनलाई प्रहरीले छोडिदिएको छ । 

प्रतिक्रिया दिनुहोस