aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

चिलिमे हाइड्रोपावरको नाफा यस वर्ष सामान्य बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० बैशाख २०८०
चिलिमे हाइड्रोपावरको नाफा यस वर्ष सामान्य बढ्यो

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ५२ करोड ८९ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ५२ करोड २० लाख खुद नाफा गरेको कम्पनीले यस वर्ष भने १ दशमलव ३४ प्रतिशत बढी खुद नाफा गरेको हो । 

कम्पनीको विद्युत विक्री आम्दानी गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष २ दशमलव ३३ प्रतिशत कम भएको छ । गत वर्ष यस अवधिसम्म रू. ८२ करोड ३४ लाखभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ८० करोड ४२ लाखभन्दा बढी मात्र यो आम्दानी गरेको हो । 

विद्युत विक्री आम्दानी घटेपनि कम्पनीको वित्तीय आम्दानी यो वर्ष बढ्दा खुद नाफामा सकारात्मक प्रभाव देखिएको हो । गत वर्ष रू. १३ करोड १ लाखभन्दा बढी रहेको वित्तीय आम्दानी यस वर्ष रू. १७ करोड ५८ लाखभन्दा बढी भएको छ । सञ्चालन नाफा गत वर्ष रू. ५४ करोड ३२ लाखभन्दा बढी रहेको कम्पनीको यस वर्ष रू. ५० करोड ९६ लाखभन्दा बढी मात्र थियो । 

गत वर्षको मुनाफाबाट यस वर्ष ७ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीको चुक्तापूँजी रू. ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार कायम भएको छ । कम्पनीले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि समेत ७ दशमलव ५० प्रतिशत नगदल लाभांश समेत वितरण गरेको छ ।

हाल कम्पनीकोे जगेडा कोष रकम रू. ३ अर्ब १३ करोड ७८ लाखभन्दा बढी रहेको छ । गत वर्षको तुलनामा कम्पनीको जगेडा कोष रकम भने ७ दशमलव ६८ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ३ अर्ब ३९ करोड ८७ लाखभन्दा बढी थियो । वार्षिक प्रतिशेयर आम्दानी रू. ९ दशमलव ७२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू. १४३ दशमलव २३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस