aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

ललितपुर महानगरका शिक्षा अधिकृतविरुद्द मुद्दा दायर, एक लाख बिगो माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० बैशाख २०८०
ललितपुर महानगरका शिक्षा अधिकृतविरुद्द मुद्दा दायर, एक लाख बिगो माग

काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेलविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । 

शिक्षा अधिकृत पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेका पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले पौडेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

उनीविरुद्ध सोहि बराबरको बिगो कायम गरी आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस