aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

स्रोत नखुलेको रकम सहित पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० भदौ २०७६
स्रोत नखुलेको रकम सहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वर चोकबाट काठमाडौं डल्लु बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका-५ का २२ वर्षीय उमेश कुमार मगरलाई स्रोत नखुलेको नगद १३ लाख ९ हजार ७ सय ५ रुपैंया र विभिन्न बैंक तथा वित्तिय संस्थाको ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको चेक सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उमेश सवार प्रदेश नम्बर ३-०२-००५ प ६१५२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त नगद र चेक फेला पारी स्कुटर सहित उनलाई पक्राउ गरेको हो ।  
 

प्रतिक्रिया दिनुहोस