
काठमाडौं । प्रतिष्ठित ब्रान्ड मोटरहेड मोटरसाईकल को ७औं डिलरसिप इको इक्जीम नेपाल प्रा.लि. काठमाडौंको टेकुमा खुलेका छ । सोरुमको उद्घाटन मोटरहेड मोटरसाईकलको आधिकारिक बिक्रेता एस.एल.आर टेक्नो एण्ड ट्र्ेड कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरेले गरेको हो ।
यस स्वरुममा हाल ५ थरि मोडलका मोटरसाइकल उपलब्ध रहेका छन् जसमा टेक्कन २५० को ६ गेयर र २२३ सिसि यस मोडलमा हाईडोलिक डिस्कब्रेक रहेको छ ।
जसको बजार मूल्य ३ लाख ७५ हजार रहेका छ, स्पोर्ट २५० को ६ गेयर र २ सय २३ सिसि यस मोडलमा हाईडोलिक डिस्कब्रेक रहेको छ । जसको बजार मूल्य ३ लाख ६५ हजार तोकिएका छ ।
स्क्रयाम्बलर २५० मा ६ गेयर र २२३ सिसि मोडलमा हाईडोलिक डिस्कब्रेक सहित यसको बजार मूल्य मूल्य ४ लाख ५० हजार रहेको छ ।
अर्को नयाँ मोडलमा एम एच २०० एक्स ६ गेयर र, १९९ सिसि क्षमतामा रहेको छ जसको बजार मूल्य ३ लाख ७२ हजार रहेको छ ।
त्यसै गरि एमएच १५० आरमा ५ गेयर सहित १४९ सिसि हाईडोलिक डिस्कब्रेक रहेको छ, उक्त मोटरसाइकलका बजार मूल्य मूल्य २ लाख ७८ हजार रहेको छ ।
नेपालका प्रमुख शहरहरुमा उपलब्ध हुने यि मोडेलका नयाँ मोटरसाईकल नेपालका लागि मोटरहेड मोटरसाईकलको आधिकारीक बिक्रेता एस.एल.आर टेक्नो एण्ड ट्र्ेडले सार्वजनिक गरेको हो ।
मोटरहेडका प्रत्येक बाईकको खरिदमा निशुल्क थर्डपाटि इन्स्योरेन्स र एक वर्षको रोड ट्याक्स सहित हेलमेट, टिर्सट र बाईक कभर पाईने छ ।
साथमा स्क्याच एण्ड विन अन्र्तगत स्योर सट ५ हजार देखि २५ हजारसम्म नगद जित्न सकिने एस.एल.आर टेक्नो एण्ड ट्र्ेडका बिजनेश डेभलेपमेन्ट हेड साइमन रसाइलीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस