काठमाडौं । प्रधानमन्त्री पेष्पकमल दाहाल(प्रचण्ड)ले मन्त्रिपरिषद आठौं पटक मन्त्रिपरिषद विस्तार गरेका छन । गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले आठौं पटक मन्त्रिपरिषद विस्तार गरेका हुन । ।
नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए । यसअघि कानुन मन्त्रालयको जिम्मेवारी रक्षा मन्त्रीसमेत रहेका पूर्णबहादुर खड्काले सम्हालेका थिए ।
प्रतिक्रिया दिनुहोस