aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

एमालेका सचिव रायमाझीलाई पक्राउ गर्ने प्रहरीको तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ बैशाख २०८०
एमालेका सचिव रायमाझीलाई पक्राउ गर्ने प्रहरीको तयारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुझिएका पूर्वउपप्रधान एवम् उर्जामन्त्री समेत रहेका नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न प्रहरीले तयारी गरेको छ । काठमाडौं जिल्ला अदालतले बुधबार पक्राउ पुर्जी जारी गरेपछि उनलाई प्रहरीले पक्राउ गर्न लागेको हो । 

काठमाडौंमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली रायमाझीलाई पक्राउ गर्ने तयारीमा रहेको छ । हाल गृहजिल्ला अर्घाखाँचीमा रहेका नेता रायमाझी बुधबार नै काठमाडौं आउने तयारीमा रहेको भए पनि आफूसहित छोरा सन्दीपका विरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि उनी रोकिएका थिए । 

उनका छोरालाई भने बुधबार नै प्रहरीले पक्राउ गरेको छ । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले रायमाझी बाबुछोराको संलग्नता रहेको बताएपछि उनीहरु अफ्ठेरोमा परेका हुन् ।  

प्रतिक्रिया दिनुहोस