aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

डेंगु भएमा ३ हजार रुपियाँ उपचार खर्च दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० भदौ २०७६
डेंगु भएमा ३ हजार रुपियाँ उपचार खर्च दिने

हेटौँडा । राक्सिराङ गाउँपालिकाले डेंगुको रोग लागेका विरामीलाई यातायात र खानाखर्चबापत तीनहजार रुपियाँ दिने निर्णय गरेको छ ।

राक्सिराङ गाउँपालिकामा डेंगुको उपचार गर्ने ठूला स्वास्थ्यसंस्था नभएकाले मनहरी, हेटौँडा तथा चितवनका अस्पतालमा जानुुपर्ने बाध्यता रहेकाले यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

गाउँपालिकाभित्रका स्थानीय नागरिकमा

साबिक राक्सिराङ, काँकडा, खैराङ र सरिखेत गाउँ विकास समितिहरु मिलेर बनेको राक्सिराङ गाउँपालिकामा साविकका गाविसतर्फ १/१ स्वास्थ्यचौकीहरु रहेका छन् ।

स्वास्थ्यचौकीहरुमा चिकित्सकीय सेवा नहुने भएकाले डेंगुको संक्रमण भएको पहिचान गर्नकै लागि पनि अन्यत्र जानुपर्ने बाध्यता रहेको छ ।

डेंगु पहिचानको बाध्यतालाई सजिलो पार्नका लागि गाउँपालिकाले हरेक स्वास्थ्यचौकीमा ३०/३० थान डेंगु परिक्षण किट पठाएको स्वास्थ्य संयोजक बिजय कापरीले बताए ।

प्रतिक्रिया दिनुहोस