aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

ठगी गिरोहको भिआइपी जालो उजागर हुँदैछः थापा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ बैशाख २०८०
ठगी गिरोहको भिआइपी जालो उजागर हुँदैछः थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ठगी गिरोहको भिआइपी जालो उजागर भइरहेको बताएका छन् । उनले बिहिबार सामाजिक सञ्जालमा यस्तो उल्लेख गरेका हुन् । 

थापाले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखका छन्, ‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ठगी गिरोहको भिआइपी जालो उजागर हुँदै गएको छ ।’ 

ठगी गिरोहहरूको प्रकरणमा मुछिएकाहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेकोमा उनले प्रशंसा समेत गरेका छन् । थापा भन्छन्, ‘यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ । यो घटना होइन प्रवृत्ति हो । अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन् । संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानुन भन्दा माथि कोही हुँदैन ।’ 

 

प्रतिक्रिया दिनुहोस