
एजेन्सी । अमेरिका र युरोपका धेरै ठूला बैंकहरू पछिल्ला दुई दशकमा असफल टाट पल्टिएका छन् । हालै अमेरिकी अधिकारीहरूले फर्स्ट रिपब्लिक बैंकलाई नियन्त्रणमा लिएका छन्। यसअघि बैंकको धेरै सम्पत्ति जेपी मोर्गन चेजलाई बेचिएको थियो। अमेरिकामा यसलाई दोस्रो ठूलो बैंकको असफलताका रूपमा हेरिएको छ ।
यो विकास २००७–०९ पछि सबैभन्दा ठूलो बैंक असफलता भनिएको छ। केही समयअघि चैत महिनामै सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक पनि बन्द भएका थिए । यी बैंकहरू असफल भएपछि अमेरिकी बजारमा यसको नकारात्मक प्रभाव परेको थियो ।
सन २००८ देखि हालसम्म विश्वका ठूला बैंक तथा वित्तीय संस्था टाट पल्टिएका मध्ये एचविओस ब्रिटेन सेप्टेम्बर १७, २००८, ६९० बिलियन पाउन्ड, वाशिंगटन म्युचुअल सेप्टेम्बर १९,२००८,३०७ बिलियन डलर, रिपब्लिक बैंक संयुक्त राज्य अमेरिका मे १, २०२३, २२९ बिलियन डलर, सिलिकन भ्याली बैंक संयुक्त राज्य अमेरिका मार्च १०, २०२३,१८९ बिलियन डलर गुमेको छ।
त्यस्तै, सिग्नेचर बैंक संयुक्त राज्य अमेरिका मार्च १२, २०२३, ११० बिलियन डलर, सैचसेन एलबी जर्मनी अगस्ट २६, २००७, ६७ बिलियन यूरो र ७४ बिलियन डलर, ब्राडफोर्ड र बिंगले ब्रिटेन सेप्टेम्बर ९, २००८, ३५ बिलियन ४४ बिलियन डलर बराबर ढुबेको छ।
त्यस्तै, इण्डिम्याक संयुक्त राज्य अमेरिका जुलाई ११, २००८, ३२ बिलियन डलर ढुबेको थियो। यी इन्भेष्टबैंकका विभिन्न बैंकहरू थिए जुन २००८ को संकटपछि असफल भयो।
प्रतिक्रिया दिनुहोस