aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

थाइल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ बैशाख २०८०
थाइल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । थाइल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका-२७ बालुवा घर भई हाल काठमाडौं टोखा नगरपालिका-९ म्याग्दी चोक बस्ने ३१ वर्षीय नन्दलाल महतोलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

वैदेशिक रोजगारका लागि थाइल्याण्ड पठाइ प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ भन्दा बढी तलबमा हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३ लाख ५० हजार रूपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार गरेको थियो । 

 काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका-९ म्याग्दी चोकबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस