aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

पत्रकार महासंघ र प्रेस युनियनका पदाधिकारीसहित ९ पत्रकार पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० भदौ २०७६
पत्रकार महासंघ र प्रेस युनियनका पदाधिकारीसहित ९ पत्रकार पक्राउ

काठमाडौं । प्रहरीले रेडियो नेपालको कार्यलय परिसर सिंहदरबारबाट ९ जना पत्रकारलाई पक्राउ गरेको छ ।

रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निस्कासित गरिएका तीन जना पत्रकारको पुनर्बहालीसंगै अन्य माग उठाएर रेडियो नेपालको कार्यलयमा तालाबन्दी गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार रेडियो नेपालको कार्यालय अघि पुगेका पत्रकारहरुलाई ठूलो संख्यामा आएका प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नेपाल पत्रकार महाहसंघका सचिव रामप्रसाद दाहाल, महासंघका केन्द्रीय सदस्यहरु जन्मद्धीप जैशी, मीन बम, यम विरही र नेपाल प्रेस युनियनका महासचिव अजयबाट शिवाकोटी लगायत छन् ।

पक्राउ पर्नेमा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, पत्रकार महासंघका सचिव राम प्रसाद दाहाल, पत्रकार महासंघका केन्द्रीय सदस्यहरु जन्मदीप जैशी, मिन वम, यम विरही पक्राउ परेका छन् ।

प्रकाउ गरिएका पत्रकारहरुलाई प्रहरीले महेन्द्र पुलिस क्लवमा राखेको छ ।नेपाल पत्रकार महासंघले रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निस्कासित गरिएका तीन जना पत्रकारको पुर्नवहालीसंगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनु पर्ने माग राख्दै रेडियो नेपालको परिसरमा धर्ना तथा प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस