aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

सरकारले अण्डाको मूल्य नै निर्धारण गर्न सकेनः अध्यक्ष केसी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० भदौ २०७६
सरकारले अण्डाको मूल्य नै निर्धारण गर्न सकेनः अध्यक्ष केसी

काठमाडौं । अण्डाको मूल्य निर्धारण र खपत अवस्था लगायतका नीतिगत कुरा स्पष्ट नहुँदा अण्डा उत्पादक किसान र व्यापारी मारमा परेका छन् । 
विगत लामो समयदेखि अण्डाको बजारीकरण र मूल्य निर्धारण नगर्दा अण्डा उत्पादक किसान अहिले घाटा खेप्नु परेको छ ।

पशु सेवा विभागका महानिर्देशक बंशी शर्माले अण्डा उत्पादक लागत निर्धारण र बजारीकरण लगायतका समस्यामा गम्भिर रहेको बताए । उनले तत्काल  ४ सदस्यीय कार्यदल गठन गरी प्रतिवेदनका आधारमा समस्या हल गर्ने आश्वासन दिएका छन् । साथै, विभागले अण्डाको मूल्य निर्धारण नगर्ने गरेको भन्दै त्यस्का लागि सम्वन्धित मन्त्रालय र वाणिज्य मन्त्रालयसँग समन्वयन गर्ने समेत बताएका छन् । 

मुलुक अण्डामा आत्मनिर्भर भएपनि सरकारको वेवास्ता गरेका कारण पेशा संकट परेको अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीका गुनासो छ । अण्डा उत्पादक किसानले उचित मूल्य पाउन सकेका छैनन् भने मूल्य निर्धारण हुन नसक्दा उपभोक्ता  भने ठगिएका छन् । 

सरकारसँग देशमा अण्डाको उत्पादन र खपत अवस्था कति हो, कति लागत लाग्छ त्यो तथ्यांक राख्नुपर्यो । त्यसका आधारमा उत्पादक किसानलाई प्रोत्साहन गर्नुपर्छ । लागतका आधारमा उचित मूल्य, बजारीकरण र विज्ञापनमा समेत  ध्यान दिनु पर्ने देखिएको छ  । तर, अहिलेसम्म यो क्षेत्रमा सरकारले कुनै नीतिगत कुराहरु स्पष्ट पार्न सकेन ।

उनले अण्डा उत्पादक किसान र पोल्ट्री क्षेत्रका समस्याका बारेमा सरकार गम्भिर नभए सडक आन्दोलन गर्ने चेतावनी दिए । अहिले दाना र उत्पादन लागत बढेपनि अण्डाको मूल्य नबढ्दा किसान र व्यापारी यो पेशाबाट नै पलायन हुने अवस्था रहेको उनको भनाइ थियो ।  उनका अनुसार, विगत ३ बर्षअघि अण्डाको बजार मूल्य १५ रुपैयाँ थियो भने दानाको प्रतिकेजी मूल्य३६ रुपैयाँ थियो ।

तर, अहिले दानाको मूल्य ५६ रुपैयाँ पुगेको र अण्डाको बजार मूल्य प्रतिगोटा ११ रुपैयाँ २ पैसा पर्ने स्थिति छ । तीनबर्षअघि अण्डा उत्पादक किसानले प्रतिगोटा अण्डा उत्पादन लागत १२ रुपैयाँ पाउने गरेपनि अहिले दाना  र उत्पादन लागत बढ्दा प्रतिगोटा ८ रुपैयाँ मात्र मूल्य पाएको अध्यक्ष केसीले बताए । 
 

प्रतिक्रिया दिनुहोस