aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसले मुख खोल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ बैशाख २०८०
भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसले मुख खोल्यो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसले मुख खोेलेको छ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर गरिएको ठगीमा संलग्नलाई कानुनी कारबाही दायरामा ल्याउन पर्छ । 

नेपाली कांग्रेसको बैठकपछि प्रवक्ता डा महतले भने ‘ यस्ता जघन्य घटनामा संलग्न जो कोहिलाई पनि कानुनी कारबाहीमा ल्याउन पर्छ, यस्तो खाले क्रियाकलापको जति निन्दा गरेपनि अपर्याप्त हुन्छ।’ उनले भने, छानबिन गर्दै जाँदा कानुनी प्रश्न आफूतिर पनि आयो भने के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘जसले गलत काम गरेको छ, कानुनी कठघरामा आउनुपर्छ । यो उ भन्ने छैन ।’

प्रतिक्रिया दिनुहोस