aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

लाइसन्स कार्ड सकियो, अब कति दिन कुर्नु पर्ला ?

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, २३ बैशाख २०८०
लाइसन्स कार्ड सकियो, अब कति दिन कुर्नु पर्ला ?

काठमाडौं । छाप्न बाँकी रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को सङ्ख्या वृद्धि भइरहेको छ । एक वर्षअघि करिब तीन लाखमा झारिएको छाप्न बाँकी सङ्ख्या हाल आठ लाख ५० हजारप्रति पुगेको छ । यातायात व्यवस्था विभागले दैनिक तीन हजारप्रति लाइसेन्स छाप्छ तर माग भने छ हजारभन्दा बढी छ ।

तीन चरणमा प्रिन्ट मेसिन सञ्चालन गरेर र नयाँ आवेदन बन्द गरेर छाप्न बाँकी लाइसेन्स छापिएको थियो तर हाल समस्या पुनः दोहोरिएको छ छाप्न बाँकी रहेका लाइसेन्स छापिएको वा नछापिएको जानकारी मोबाइलमा म्यासेजमार्फत दिइन्छ । विभागका निर्देशक श्रीचन्द्र शाहले बाँकी रहेको छपाइ सम्पन्न गर्ने योजनामा विभागले थप काम गरिरहेको जानकारी दिए ।

  हाल विभागमा छपाइ कार्ड सकिन लागेको छ । १२ लाखप्रति कार्ड जर्मनीबाट ल्याइँदै छ । उनले भने, “जर्मनीको मुलभर्ग कम्पनीबाट कार्ड ल्याइँदै छ । छिटो छाप्नका लागि स्मार्ट कार्ड मास प्रिन्टरको टेन्डर खुलाइँदै छ। यी काम भएपछि प्रिन्टका लागि कुर्नु नपर्ला।ू

प्रतिक्रिया दिनुहोस