aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

राष्ट्रपति पौडेलले पुरानै नागरिकता विधेयक प्रमाणिकरण गर्न सक्ने कानून व्यवसायीको सुझाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २३ बैशाख २०८०
राष्ट्रपति पौडेलले पुरानै नागरिकता विधेयक प्रमाणिकरण गर्न सक्ने कानून व्यवसायीको सुझाव

काठमाडौं । आज बसेको सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयकको बारेमा कानून व्यवसायीहरुसँग समेत छलफल गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा आज बालुवाटारमा बसेको बैठकमा कानून व्यवसायीसँग परामर्श गरिएको हो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नागरिकता विधेयक अहिलेकै अवस्थामा राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा छलफल भएको थियो । 

संघीय संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरेकी थिएनन् । 

सो विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गर्न मिल्छ कि मिल्दैन भन्ने कानुन व्यवसायीसँग सुझाव लिइएको लोसपाका अध्यक्ष महन्त ठाकुरले बताए । 

उनका अनुसार कानुन व्यवसायीहरूले उक्त विधेयक अहिलेकै अवस्थामा राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्न मिल्ने सुझाव दिएका छन् । 

प्रतिक्रिया दिनुहोस