aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

आजदेखि बजेट अधिवेशन शुरु हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ बैशाख २०८०
आजदेखि बजेट अधिवेशन शुरु हुने

काठमाडौं । संघीय  संसद् अन्गरगतको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बजेट अधिवेशन आजदेखि शुरु हुने भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेपछि सदनको अधिवेशन शुरु हुने भएको हो । 

काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा आइतबार अपराह्न ४ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई संघीय संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । यसअधिवेशनमा मुख्यरूपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न सक्ने कार्यसूची रहेको सूचनामा जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस