aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

जुम्ल्याहा दाजुभाइको पोखरीमा डुबेर मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ बैशाख २०८०
जुम्ल्याहा दाजुभाइको पोखरीमा डुबेर मृत्यु

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अंसारीका जुम्ल्याहा छोरा ९ वर्षीय मोहमद अल्कामा र मोहमद अब्दुलको पोखरीमा डुबेर मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार साँझ स्थानीय गोगल प्रसाद नमुना माविनजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको हो ।

बालकहरू पोखरीमा डुबेको खबर प्राप्त हुनासाथ जिरोमाईलस्थित प्रहरी चौकीबाट गएको प्रहरी टोलीले उनीहरूलाई पोखरीबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएको थियो ।

प्रतिक्रिया दिनुहोस