aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

जुवातास खेलिरहेका आठ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ बैशाख २०८०
जुवातास खेलिरहेका आठ जना पक्राउ

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका ९ मानटार भगवतीमार्गस्थित सुदर्शन पुडासैनीको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ८ बस्ने ६० वर्षीय राजेश खनाल समेत ८ जनालाई शनिबार दिउँसो प्रहीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ३ सय ६० रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस