aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेपाल प्रयोगमा नल्याएको कच्चा हिरा होः चौधरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ बैशाख २०८०
नेपाल प्रयोगमा नल्याएको कच्चा हिरा होः चौधरी

काठमाडौं । सांसद विनोद चौधरीले नेपाल प्रयोगमा नल्याएको कच्चा हिरा रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल विजनेश समिट २०२३ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘नेपाल एउटा प्रयोगमा अझै नल्याएको कच्चा हिरा हो, जसमाथि हामी बसेका छौ‌। यो हिरालाई कसरी चम्काउने भन्ने कुरा अब हामीले जान्नै पर्नेछ। हामीले हेर्दाहेर्दै दुबई लगायतका देशले आफूलाई मरुभुमीबाट हिरामा परिणत गरे। तर हामी भने आफ्नै नाभिको कस्तुरी चिन्न नसकेर भौँतारीरहेका छौँ।’

देश भित्र र बहिर पनि नेपाललाई माया गर्ने उद्यमशील व्यक्तिहरुको अभाव नभएको उनको भनाई छ । ‘उनीहरुलाई नेपालमा लगानी गर्दा आनन्दित महशुश गराउनु पर्दछ। नेपालमा विकासका लागि लगानी गर्नेहरुलाई सम्मान गर्नुपर्दछ मनै भित्रबाट। उनीहरुलाई छेकेर, रेन्ट सिकिङ गरेर होईन’, उनले भने । 

प्रतिक्रिया दिनुहोस