aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

आरजु राणा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी किन जारी भएन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ बैशाख २०८०
आरजु राणा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी किन जारी भएन ?

काठमाडौं । राष्ट्रिय सभामा बोल्ने सासदहरुबीचमा दोहोरी चलेको छ । नेकपा एमालेलेका सचिव टोपबहादुर रायमाझिलाई  नक्कली  भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको विषय राष्ट्रिय सभामा चर्को बहस भएपछि राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाँणमाथि पक्राउ पुर्जि हुन नसकेको हो ? भन्दै सरकारलाई प्रश्न गरेका हुन ।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकराण्मा आरजु राणा देउवाले अढाइ करोड र बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणले ६ करोड रुपैयाँ बुझेको भन्ने अडियो सार्वजनिक भएको आफूले सुनेको तर उनीहरुलाई पक्राउ पुर्जी जारी गरेको छ भन्ने नसुनेको बताए ।
 

प्रतिक्रिया दिनुहोस