
एजेन्सी । सोमबार बिहान भारतको राजस्थान हनुमानगढमा मिग–२१ लडाकु विमान दुर्घटना भएको थियो । लडाकु विमान बहलोल नगर क्षेत्रको एक घरमा खसेको थियो । दुर्घटनामा २ महिलाको मृत्यु भएको छ । घाइते एकको अवस्था गम्भीर छ ।
पाइलट सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि ठूलो संख्यामा गाउँलेहरु घटनास्थलमा भेला भएका छन् । भारतको मिगले सुरतगढबाट उडेको थियो।
लडाकु विमान दुर्घटनामा बसोकौर (४५) श्रीमती रतन सिंह उर्फ रतिराम राई सिख, बान्टो (६०) पत्नी लालसिंह राई सिंह र लीला देवी (५५) श्रीमती राम प्रतापको मृत्यु भएको छ । पाइलट राहुल अरोरा (२५) ले प्यारासुटबाट हाम फालेर ज्यान बचाएका थिए । पाइलटलाई सुरतगढ पठाइएको छ।
प्रतिक्रिया दिनुहोस