काठमाडौं । भ्रष्ट्रहरुको सबैतिर दबदबा रहेको बेला सो बिरुद्ध संसद्मा समेत बोल्न नदिएपछि सोमबार बसेको प्रतिनिधि सभा बैठकमा नयाँ शैलीको बिरोध प्रदर्शन भएको छ । बैठकमा सांसद अमरेश कुमार सिंहले भ्रष्टाचारविरुद्धमा बोल्न समय माग गरेका थिए तर सभामुख देवराज घिमिरेले समय दिएनन् ।

त्यसपछि सिंहले विरोध स्वरूप आफ्ना कपडा खोलेर अर्धनग्न बनेका थिए । यसरी उनले विरोध गर्दै सभामुखले समेत भ्रष्ट्राचारीसँगको सेटिगमा रहेको आरोप लगाएका थिए ।
त्यसपछि सभामुखले उनलाई बाहिर निकाल्ने चेतावनी दिएका थिए । त्यस लगत्तै उनले लुगा लगाएपछि बल्ल सभा अघि बढेको हो ।
प्रतिक्रिया दिनुहोस