aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

युवा पत्रकारिता पुरस्कारका लागि चारजना पत्रकारको नाम छनोट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ बैशाख २०८०
युवा पत्रकारिता पुरस्कारका लागि चारजना पत्रकारको नाम छनोट

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले  आर्थिक वर्ष २०७९र८० मा प्रदान गरिने युवा पत्रकारिता पुरकारका लागि चारजना पत्रकारको नाम छनोट गरेको छ । छनोट हुनेमा अन्नपूर्ण पोष्ट दैनिक र बुटवल टुडे दैनिकमा कार्यरत प्यूठानका केशरबहादुर  रोक्का,  कान्तिपुर राष्ट्रिय दैनिक अछामका मेनुका ढुङ्गाना, नेपाल टेलिभिजन र हिमालय टाइम्समा कार्यरत बाजुराका प्रकाशबहादुर सिंह र  अनलाइनखबर डटकमका पत्रकार दाङका विनोद घिमिरे छन ।

मन्त्रालयले गत भदौ ९ गते प्रकाशित गरेको सूचनाका आधारमा असोज ८ गतेसम्म प्राप्त निवेदनको मूल्याङ्कन गरी चारजना पत्रकारको नाम छनोट गरेको सूचनामार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस