aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

लुम्बिनीमा तत्काल मन्त्रिपरिषद् विस्तार हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ बैशाख २०८०
लुम्बिनीमा तत्काल मन्त्रिपरिषद्  विस्तार हुने

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा तत्काल मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । दाङको तुलसीपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री चौधरीले दुई/चार दिनमै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।

“सबै प्रदेशको एकै पटक मन्त्रिमण्डल विस्तार गरौँ भन्ने नीतिगत निर्णय भएको छ”, उनले भने, “दुई/चार दिनमै मन्त्रिमण्डल विस्तार हुन्छ ।” नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहित विभिन्न आठ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ५३ जनाको समर्थनमा चौधरी मुख्यमन्त्री भएका हुन् । यसअघि माओवादी केन्द्रका धनबहादुर मास्की राजेश, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सन्तोष पाण्डेलाई मन्त्री नियुक्त गरिएको थियो । 

लुम्बिनीमा १० मन्त्रालय छन् । गठबन्धनमा कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जसपा, लोसपा र जनमत पार्टीका तीन÷तीन, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक÷एक सदस्य तथा एक जना स्वतन्त्र सदस्य छन् । विपक्षमा लुम्बिनीमा एमालेका २९ र राप्रपाका चार सदस्य रहेका छन् । 

प्रतिक्रिया दिनुहोस