aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सामुदायिकदृढताका लागि कोका–कोला वेभरेज नेपालको नयाँ वाटर स्टेवार्डशिप परियोजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ बैशाख २०८०
सामुदायिकदृढताका लागि कोका–कोला वेभरेज नेपालको नयाँ वाटर स्टेवार्डशिप परियोजना

काठमाडौं । वाटर स्टेवार्डसिपको एउटा हिस्साको रूपमा कोका–कोला वेभरेज नेपालले बालाजु पार्कको बाईसधाराको पुनरुत्थान, र वाश प्रणालीका साथै पोखरा र भरतपुरमा रेन वाटर हार्वेस्टिङ तथार ग्राउन्ड वाटर रिचार्ज परियोजनाहरू सहितवर्ष २०२३–२०२४ कालागि ४ नयाँ परियोजनाहरू ल्याएको छ । 

भण्डारण परियोजनाहरू कोका–कोलाको २०३० जल सुरक्षा रणनीतिप्रतिको बलियो प्रतिबद्धताको समर्थनमा पानीको पुनःपूर्तिको सन्दर्भ–आधारित दृष्टिकोण, स्मार्ट पानीका लागि नीतिहरूको वकालत र हाम्रा सञ्चालन र आपूर्तिहरूमा जिम्मेवार पानीको प्रयोग मार्फत पानी सुरक्षा बढाउनमा केन्द्रित छन् ।

कोका–कोला बेभरेज नेपालले वाटरएड नेपालको प्राविधिक सहयोगमा सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्टसँग बाइसधारा–बालाजु पार्कमा रहेका सुकेका ढुङ्गे धाराहरूलाई पुनप्रयोगमा ल्याउन मद्दत गनर ग्राउन्ड वाटर रिचार्ज परियोजनाको लागि साझेदारी गरेको छ । परियोजनामा रिचार्ज ट्रेन्च (रेन गार्डेन), २१ वटा रिचार्ज इनार, ढलान संरक्षण र सतह÷ सतहभन्दामुनि ड्रेनेजको काम समावेश छ । 

परियोजनाले वन र पार्क क्षेत्रबाट वार्षिक ३० हजार के.एलपानी पुनपूर्ति गर्ने लक्ष्य राखेको छ जसले शहरी पानीको बढ्दो मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ। यस संयुक्त प्रयास मार्फत परियोजनाले परिधीय क्षेत्रहरूको भूजल तालिका कायम राख्न सहयोग पुर्याउन मात्र नभई द्रुत शहरीकरणका कारण समुदायहरूलाई तीव्र पानीको अभावको सामना गर्न मद्दत गर्न सक्ने पहलहरूका प्रकारहरूको बारेमा समुदाय र स्थानीय अधिकारीहरूलाई सचेत गराउनपनि मद्दत पुर्याउने छ । 
 

प्रतिक्रिया दिनुहोस