aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

जुवातास खेलिरहेका चार जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ बैशाख २०८०
जुवातास खेलिरहेका चार जना पक्राउ

डडेलधुरा । अमरगढी नगरपालिका ७ जोशीगाउँ बस्ने तिर्थ राज जोशीको कुखुरा पाल्ने खाली टहराभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय तेज कैनी समेत ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी पोखरा र जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार ३ सय ९५ रूपैयाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस